कारको ठक्करबाट भक्तपुरमा एकको मृत्यु
काठमाडाैं | असोज १८, २०८०
सांकेतिक तस्बिर
भक्तपुरमा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
बिहीबार बिहान साढे ६ बजे मध्यपुर थिमि नगरपालिका वडा नम्बर ९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल जुध्दा दुर्घटना भएको थियो। पुरानो थिमी जाँदै गरेको बागमती प्रदेश ०२(०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च। २०४९ नम्बरको कार जुधेको थियो।
कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिएको भक्तपुर प्रहरी परिसरका डिएसपी बसन्त पाठकले बताए। दुर्घटनामा मध्यपुर थिमि नगरपालिका(९ राधेराधेका ५८ वर्षीय योगराज बराल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बरालको आज बिहान करिब ७ बजे भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन्। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्।
कार्की र कार चालक मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अनुज प्रजापतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

